बाँकेमा आज थप २४ जनामा कोरोना संक्रमण,५ जना भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७८, बुधबार

नेपालगन्ज: बाँकेमा आज थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ८४ नमुना परिक्षण गर्दा २४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा २० र बागेश्वरी प्रयोगशालामा ४ जना गरि थप २४ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । आज संक्रमण पुष्टि भएका मध्य बाँकेका १४ जना छन् ।

यो संगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ३६ पुगेको छ । आज ७ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ९६ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १५८ रहेको ओलीले बताउनुभयो । सिकिस्त बिरामीको संख्या २२ छ भने मध्यम बिरामी ३१ जना छ्न । ५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

 

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech