चीनबाट ८ लाख डोज भेरोसेल खोप आज नेपाल आउँदै

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७८, बुधबार

काठमाडौंः नेपालमा खरिद तथा अनुदानका खोप धमाधम आउन थालेको छ । तीमध्य नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ भने थप ८ लाख डोज खोप भोली नेपाल आउने बताइएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट दुई दिन भित्र १६ लाख डोज खोप आउने र बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ ।

यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने नेपाल आउने भएको छ ।

नेपालमा अहिलेसम्म बिभिन्न मुलुकबाट २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३ सय २० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १ सय ७० डोज खोप आइसकेको छ ।

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech