काठमाडौं महानगरपालिकामा कोरोनाका ४ हजार बढी सक्रिय संक्रमित

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७८, बुधबार

काठमाडौंः काठमाडौं महानगरपालिकामा मात्रै कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार नाघेको छ ।

महानगरपालिकामा अहिले चार हजार एक सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रिय संक्रमितमध्ये ३ हजार नौ सय ६८ जना होम आइसोलेशन र एक सय ४३ जना अस्पतालमा रहेका महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका ३२ वटा वडामध्ये सबैभन्दा धेरै ३२ नम्बर वडामा ४ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।

महानगरपालिकामा अहिलेसम्म ७५ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएकोमा ७० हजार नौ सय ७५ जना निको भएका छन् भने पाँच सय २१ जनाको ज्यान गएको छ ।

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech