मन्त्री खड्काद्वारा गौरीफन्टा नाकाको निरीक्षण

    • स्वास्थ्य पेज

  • १ भाद्र २०७८, मंगलवार

धनगढी: सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको निरीक्षण गर्नु भएको छ ।

मन्त्री खड्काले मंगलबार गौरीफन्टा नाकाको निरीक्षण गर्दै तेस्रो लहरको कोरोना संक्रमण फैलिन नदिन होल्डीङ सेन्टर र स्वास्थ्य परीक्षणलाई व्यवस्थित गरिने प्रतिबद्धता जनाउनु भएको छ ।

भारतबाट फर्किने सबै नेपाली नागरिकको स्वास्थ्य परीक्षण गर्ने प्रदेश सरकारको योजनामा सघाउन खड्काले सुरक्षा निकाय, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई आग्रह पनि गर्नुभयो ।

कोरोना संक्रमितहरुलाई धनगढीस्थित निर्माणाधिन प्रादेशिक आर्युवेद अस्पतालको भवन, गेटा मेडिकल कलेजको आइसोलेसन कक्ष र सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचार गरिने खड्काले बताउनु भयो।

प्रदेश सरकारको समन्वयमा कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाले गौरीफन्टा नाकाको व्यवस्थापन गरिरहेका छन् ।

मंगलबार मन्त्री खड्कासँगै सीमा नाकाको निरीक्षणमा पुगेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले नाकालाई व्यवस्थित गरेर विगतमा जस्तो समस्या दोहोरिन नदिने प्रतिबद्धता जनाउनुभयो भने पुनर्वास मेयर जीवन थापाले पनि नाकालाई व्यवस्थित गर्ने काममा लाग्ने बताउनुभयो ।

  • १ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech