बाँकेमा आज थप ३६ जनामा कोभिड पुष्टि, कति छन सिकिस्त ?

    • स्वास्थ्य पेज

  • १ भाद्र २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २०६ नमुना परिक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा २३, मेडिकल कलेज कोहलपुरमा ६ र बागेश्वरी प्रयोगशालामा ७ जना गरि थप ३६ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । आज संक्रमण पुष्टि भएका मध्य बाँकेका ११ जना छन् ।

यो संगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय २२ पुगेको छ । आज ७ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ८९ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १४९ रहेको ओलीले बताउनुभयो । सिकिस्त बिरामीको संख्या २४ छ भने मध्यम बिरामी २५ जना छ्न । ५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

  • १ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech