कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सचेतिकरण अभियान

    • स्वास्थ्य पेज

  • १ भाद्र २०७८, मंगलवार

कोहलपुरः कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आज बाँकेको कोहलपुरमा सचेतनामुलक अभियान संचालन गरिएको छ ।

रेरी बाँके र कोहलपुर जेसिसको आयोजनामा कोहलपुर नगरपालिका, इप्रका कोहलपुर र बाँके ट्राफिक प्रहरीको सहकार्यमा आयोजना गरिएको अभियानमा चौराहदेखि साँझा चोकसम्म सचेतनामुलक ¥यालीसहित मास्क वितरण गरिएको कोहलपुर जेससीका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

कोरोना महामारी रोकथाम र नियन्त्रणमा हाम्रो प्रतिबद्धता मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने मुल नाराका साथ भएको कार्यक्रममा कोहलपुरका मेयर लुटबहादुर रावतले कोभिड नियन्त्रणका लागि आम नागरिकहरुले मास्क लगाउनु, भौतिक दुरी कायम गर्नु नै प्रमुख विकल्प भएको बताउनुभयो ।

उहाँले आफ्नो स्वास्थ्यबारे आफै सचेत हुन पनि आग्रह गर्नुभयो । अभियानमा कोरोना रोकथाम तथा सचेतिकरणका प्ले कार्डहरु प्रदर्शन गरिएका थिए ।

  • १ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech