आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा कोइरालाको हृदयघातबाट निधन

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७८, सोमबार

नेपालगन्जः नेपाल आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा ऋषि राम कोइरालाको ६५ वर्षको उमेरमा हृदयघातबाट निधन भएको भएको छ।

ह्याम्स अस्पतालमा उपचारत आयुर्वेद विशेषज्ञ डा कोइरालाको सोमबार दिउँसो निधन भएको नेपाल आयुर्वेद चिकित्सक संघ अध्यक्ष डा प्रकाश ज्ञवालीले जानकारी दिनुभयो।

सरकारी सेवामा रहँदा उहाँले आयुर्वेदका विभिन्न संस्थामा काम गर्नुभएको थियो । सरकारी सेवाबाट निवृत्त भएपछि डा कोइरालाले आयुर्वेद हेल्थ होम सञ्चालन गर्नुभएको थियो ।

डा कोइराला नेपाल आयुर्वेद मेडिकल काउन्सिलको पहिलो रजिष्ट्रार हुनुहुन्थ्यो ।

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech