वीरमा कोरोनाका लागि थप ९ आइसियू र ४२ एचडियू संचालन

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७८, सोमबार

काठमाडौंः कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर( सर्जिकल ब्लकमा थप ९ वटा आइसियू र ४२ एचडियू सञ्चालनमा आएको छ।

कोभिड उपचारका लागि ९ आइसियू र ९७ जनरल बेड सञ्चालनमा रहेको अस्पतालमा आइतबार थप आइसियू र एचडियू सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

अस्पतालले केही समयअघि किनेको १ सय ५० वटा मोनिटर भित्तामा टसाउनुपर्ने (वालमाउन्ट) छन् । तर, नवनिर्मित सर्जिकल भवनको पूर्वाधार त्यसका लागि उपयुक्त छैन्।

आइसकेका मोनिटर जसरी पनि प्रयोग गरौं भन्ने सोचका साथ अस्पतालले मोनिटरका लागि नयाँ स्ट्याण्ड बनाउँदै मोनिटर फिट गर्ने काम भइरहेको छ।

यसअघि मुल भवन पछाडि तर्फको जाइका भवनमा २० र पुरानो भवनमा ७ आइसियु छन् । जाइका भवनमा १८ बेड कोभिड जनरल बेड छ।

डा बस्नेतका अनुसार केही साताभित्रै कोभिड आइसियूका लागि मात्रै सय बेड संचालनमा ल्याइनेछ।

यसअघि वीरमा ९ बजेदेखि ५ बजेसम्म मात्रै हुँदै आएको पीसीआर परीक्षण अव २४ सैं घण्टा हुने भएको छ ।

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech