तरुण दलका युवा नेता ३० वर्षीय खड्काको कोरोनाबाट निधन

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७८, सोमबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट तरुण दलका युवा नेता राज खड्को निधन भएको छ । बाँके बैजनाथ गाउँपालिका १ चिसापानीका ३० वर्षीय खड्काको गएराती साढे ११ बजेतिर भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाँले साउन २२ गते मेडिकल कलेज कोहलपुरमा पीसीआर जाँच गराउनुभएको थियो । त्यसैदिन उहाँलाई कोभिड पुष्टि भएको थियो । त्यसपछि उहाँलाई भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

तर, स्वास्थ्यमा सुधार नआउँदा उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । खड्का बैजनाथ गाउँपालिकाका तरुण दलका पालिकास्तरीय सदस्य रहेको बताइएको छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २५ पुगेको जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

 

 

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech