नर्सिङ महाशाखा निर्देशकमा प्रा गोमा निरौला

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७८, आईतवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशकमा प्रा गोमा निरौलालाई जिम्मेवारी दिएको छ।

वीर अस्पतालमा नर्सिङ प्रमुखका रुपमा कार्यरत निरौलालाई आइतबार महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको हो।

निरौलालाई महाशाखा प्रमुखको जिम्मा दिएपछि मन्त्रालयले उक्त स्थानमा रहेकी रोशनीलक्ष्मी तुईतुईलाई वीरमा सरुवा गरेको छ।

यस्तै मन्त्रालयले कान्ति बाल अस्पतालमा रहेका हाडजोर्नी विशेषज्ञ डा बद्री रिजाललाई ट्रमा सेन्टरमा ल्याएको छ।

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech