कोरोनाबाट मृत्यु भएकामध्ये ५,५२२ जना ६० वर्षमाथिका

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७८, आईतवार

तस्विर: फाइल

नेपालगन्जः कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै रहेको पाइएको छ। कुल मृतक संख्यामध्ये ५ हजार ५२२ जना मात्र ६० वर्ष माथिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा हाल कोरोना संक्रमित मृतककोे संख्या १० हजार २९२ पुगेको छ। गत २४ घण्टामा मात्र ३३ जना संक्रमितले ज्यान गुमाएका छन्।

सबैभन्दा धेरै ज्यान गुमाउनेको दोस्रो सूचीमा ५० देखि ५९ वर्ष उमेरका व्यक्ति छन्। हालसम्म ५० देखि ५९ वर्षका २ हजार २८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

यस्तै, ४० देखि ४९ वर्षका १ हजार ४७२, ३० देखि ३९ वर्षका ८५०, २० देखि २९ वर्षका ३१८, १० देखि १९ वर्षका ५०, नौ वर्ष मुनिका ४५ र अज्ञात ७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech