२४ घण्टामा २,२१२ जनामा कोरोना संक्रमण, थप ३३ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७८, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ८८ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ७९३ र चार हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा ४१९ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर १ हजार ८६७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३५ हजार १८ होम आइसोलेसनमा रहेका छन्।

 

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech