भारतमा २४ घण्टामा ३६ हजार कोरोना संक्रमित पुष्टि

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७८, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३ व्यक्ति कोरोना संक्रमित भएका छन्। १९ लाख ८६३ नमुना परीक्षण गर्दा ३६ हजार ८३ जनामा संक्रमण पुष्टि भएको हो। योसँग भारतमा हालसम्म ३ करोड २१ लाख ९२ हजार ५७६ व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ।

त्यसैगरी ४९३ संक्रमितको मृत्यु भएको छ। भारतमा अहिलेसम्म ४ लाख ३१ हजार २२४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ३ लाख८५ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन्।
भारतमा ३ करोड १३ लाख ७६ हजार १५ जना व्यक्ति निको संक्रमणमुक्त भइसकेका छन्।

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech