गण्डकी प्रदेशमा एक महिनामै तेब्बर संक्रमित

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७८, आईतवार

पोखराः प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो एक महिना यताको तथ्यांक नियाल्ने हो भने कोरोना संक्रमण फेरि उकालो लागेको छ । निर्देशनालयका अनुसार पछिल्लो एक महिनामा संक्रमितको संख्या मात्रै उकालो लागेको छैन, मृत्युदर पनि बढेको छ ।

खोप केन्द्र अव्यवस्थित हुँदा त्यहींबाट संक्रमण फैलिएको मान्न सकिने लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा विकास गौचनले बताउनुभयो ।

असार मसान्तदेखि शनिबारसम्म गण्डकीमामात्रै १ सय ७२ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

पछिल्लो २४ घन्टामा १० जना संक्रमितले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश कास्कीका छन् ।

जति संक्रमितको संख्या थपिंदै गएका छन्, सोही अनुपातमा निको हुने दर भने कम छ । एक महिनाको अवधिमै सक्रिय संक्रमितको संख्या तीन गुणाले वृद्धि भएको निर्देशनालयले जनाएको छ । संक्रमितको संख्या बढेसँगै पोखराका अस्पतालहरु फेरि भरिन थालेका छन् भने पालो पर्खेर उपचार गर्नुपर्ने स्थिति आएको छ ।

 

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech