मुख्यमन्त्री कार्यालयले भन्यो–‘मेसु हटाउने निर्णय भएको छैन’

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७८, आईतवार

बुटवलः रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) हटाउने निर्णय नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै साउन २७ गते मेसु डा। राजेन्द्र खनाललाई हटाई रेडियोलोजी विभाग प्रमुखमा स्थानान्तरण गरेको सार्वजनिक भएको थियो । यसको एक सातापछि डा खनाललाई मेसुबाट हटाउने निर्णय माइन्युट नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दिएको हो ।

‘मेसु हटाउने निर्णय भएको छैन, मुख्य सचिव ज्यूबाट योबारेको निर्णय माइन्युट भएकै छैन,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता डा खगेन्द्र सुवेदीले भन्नुभयो–‘मिडियामा कसरी समाचार आयो हामी पनि आश्चर्यमा परेका छौं ।’

मेसु नियुक्तिका लागि डा इन्द्र ढकालको निवेदन आएको तर नियुक्तिको निर्णय नभएको उहाँले स्पष्ट पार्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मेसु परिवर्तनको पत्र नआएको स्वीकार गर्नुभयो ।

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech