कोरोनाबाट शिक्षक बाह्रकोटीको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७८, आईतवार

नेपालगन्जः कोरोना संक्रमणका कारण देवी माध्यमिक विद्यालय बिर्तामोड झापाका शिक्षक अशोक बाह्रकोटीको मृत्यु भएको छ ।

उहाँको उपचारका क्रममा बीएण्डसी अस्पतालमा शनिबार राति मृत्यु भएको हो। संक्रमण देखिएपछि उहाँ होम क्वारेन्टाइनमा बस्नुभएको थियो ।

शरीरमा अक्सिजन लेवल घटेपछि उहाँलाई साउन १४ गते मेची प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरिएको थियो। त्यहाँ उपचार असम्भव भएपछि उहाँलाई बीएण्डसी अस्पताल लगिएको थियो।

यसअघि झापामा आधारभूत प्राथमिक विद्यालय शनिश्चरेका शिक्षक बाबुल प्रधान र होलिवेल स्कुल धुलाबारीका शिक्षक अणु प्रधानको पनि कोरोनाबाट मृत्यु भएको थियो।

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech