भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप बढ्यो

घर वरिपरि सफा राख्ने, रातीको समयमा टर्च बालेर हिडडुल गर्ने, झाडीमा नजाने, सुत्ने बेला झुलको प्रयोग गर्ने हो भने सर्पदंशको जोखिमबाट जोगिन सकिने डा पाण्डेको सुझाव छ ।


    • स्वास्थ्य पेज

  • ३० श्रावण २०७८, शनिबार

नेपालगन्जः भेरी अस्पतालमा सर्पदंशका बिरामीको संख्या बढेको छ । विशेषगरी रिफर गरिएका बिरामीका चाप बढेको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा पारेश पाण्डेले जानकारी दिनुभयो ।

अस्पालतमा दैनिक १०–१५ जना सर्पदंशका बिरामी आइरहेका छन् । बर्षात् सुरु भएसँगै बाँके, बर्दिया, दाङ, कैलालीलगायतका जिल्लामा सर्पको विगविगी बढी देखिएको हो । जनरल वार्डका ६ बेड सर्पदंशका बिरामीले भरिएका छन् । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

‘सर्पदंशका बिरामीको चाप ह्रवात्तै बढेको छ एनेस्थेसियोलोजिष्ट डा पाण्डेले भन्नुभयो–‘केहीको अवस्था क्रिटिकल छ ।’ दाङ र कैलालीबाट रिफर गरिएका बिरामीहरु यहाँसम्म ल्याउँदा अवस्था क्रिटिकलमा पुग्ने उहाँको भनाइ छ ।

‘सर्पले डसेका बिरामीको त्यहाँ गर्ने उपचारपनि भेरीमा जस्तै नै हो उहाँले भन्नुभयो–‘सकेसम्म बिरामीलाई जोखिम मोलेर रिफर गरिनु हुँदैन् ।’ अहिले धेरै अस्पतालमा आइसीयू, भेन्टिलेटर रहेकाले जुन जिल्लाका बिरामी हुन त्यही उपचार गर्दा जोखिम कम गर्ने उहाँको भनाइ छ ।

यो सिजनमा पनि केही बिरामीको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको डा पाण्डेले बताउनुभयो । चैत देखि असोज महिनासम्म सर्पको जोखिम बढी हुने चिकित्सकहरु बताउँछन् । ढिलोगरी अस्पताल पुर्याउँदा बिरामीको ज्यान जाने गरेको चिकित्सकको भनाइ छ ।

घर वरिपरि सफा राख्ने, रातीको समयमा टर्च बालेर हिडडुल गर्ने, झाडीमा नजाने, सुत्ने बेला झुलको प्रयोग गर्ने हो भने सर्पदंशको जोखिमबाट जोगिन सकिने डा पाण्डेको सुझाव छ । यसक्षेत्रमा खासगरी करायत सर्पको विगविगी छ ।

  • ३० श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech