कोरोना अस्पतालको सुचिकृत गर्न गृह मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न थालेपछि, गृह मन्त्रालयले सबै जिल्लाहरुका अस्पताल, आईसोलेसन सेन्टर तथा मेडिकल कलेजलाई कोरोना अस्पतालमा सूचिकृत गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयको सचिव स्तरीय निर्णय गर्दै ७७ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई अस्पतालहरुको सूचि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको इमेलमा पठाउन निर्देशन दिएको हो।

पहिलो र दोस्रो कोरोना लहरमा सूचिकृत भएका अस्पतालहरु पुन सुचिकृत गर्न मन्त्रालयले निर्देन दिएको हो।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech