कसरी प्राप्त गर्ने यौन सुख ?

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७८, शुक्रबार

यौनमा शारीरिक तथा मानसिक सहभागिता र सक्रियता चाहिन्छ । यसको लागि दुवै पार्टनर तयार हुनुपर्छ ।।यसको लागि निश्चित समय र स्थान पनि उपलब्ध हुनुपर्छ ।

के भनिन्छ भने दाम्पत्य जीवन त्यसबेला उमंगमय बन्छ, जब पति–पत्नी यौनमा एकअर्काको परिपूरक बन्न सक्छन् । यौन शरीरका पाँचै इन्द्रियले अनुभूत गर्नुपर्छ । योनीको मिलन एवं घर्षण सम्भोग हो । यसको अन्तिम परिणति चरमोत्कर्ष एवं स्खलनमा हुन्छ ।

यौन सुख प्राप्त गर्नका लागि सबैभन्दा पहिला त मानसिक र शारीरिक रुपमा दुवै पार्टनर इच्छुक हुनु नै हो । त्यसपछि विधिपूर्वक गरिने यौन क्रियाले सन्तुष्ट दिने बताइन्छ । यौन प्रक्रिया शुरु गर्नुअघि सरसफाइ अति आवश्यक हुन्छ । कतिपय त नुहाइसकेपछि मात्र यौन क्रियामा सहभागी हुन्छन् ।

यौन क्रिया शुरु गर्नुअघि अपनाउने विधि, यौन आसन जस्ता कुराले यौन सन्तुष्टि हासिल गर्न सकिन्छ, जो सदियौंदेखि अभ्यास हुँदै आएको छ ।

सही किसिमको प्राकक्रीडाले यौन क्रियामा चरम सन्तुष्ट दिलाउँछ । अक्सर पुरुषको तुलनामा महिलाहरुलाई चरम सुखको स्थितिमा पुग्न अलि बढी समय लाग्छ । यौन सुख अर्थात सम्भोग क्रियाको समयमा चरम सुख प्राप्त हुनु धेरै आनन्ददायक हुन्छ । यसलाई स्वर्गीय सुख पनि भनिन्छ । जुन सबै मानिसले भोग्न चाहन्छन् ।

यौन सम्पर्कअघि प्राकक्रीडा

यौन सम्पर्क वा यौनाङ्गको मिलन हुनुअघि यौन उत्तेजना बढाउन गरिने विभिन्न यौन क्रियाकलापलाई प्राकक्रीडा भनिन्छ । यसलाई अंग्रेजीमा फोर प्ले भनिन्छ । प्राकक्रीडा यस्तो पूर्व तयारी हो, जसले यौन क्रियामा संलग्न हुन दुवै पार्टनरलाई उत्प्रेरित गर्छ ।

जस्तो रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, शृंगार र संयुक्त ठट्टालाई प्राकक्रीडा भनिन्छ । एकअर्काको नितम्ब, स्तन, ओठ, तिघ्रा जस्ता संवेदनशील अंग सुमसुम्याउने, चुम्बन गर्ने प्रक्रिया यसभित्र पर्छन् । यो क्रिया त्यसबेलासम्म जारी राख्नुपर्छ, जबसम्म यौनका लागि दुवै तयार हुँदैनन् ।

१. उत्तेजक एवं कामुक देखिने परिहन लगाउने ।

२. यौनसँग सम्बन्धित कुराकानी गर्ने, ठट्यौली गर्ने ।

३. अहिले एकअर्काको मोबाइलबाट सेक्स च्याट पनि गर्न सकिन्छ । यद्यपि कुराकानीपछि त्यसलाई डिलिट गरिहाल्नुपर्छ ।

४. यौनजन्य पुस्तक पढ्ने, चित्र वा फिल्म हेर्ने ।

५. एकअर्काको भित्रीवस्त्र खोलिदिने ।

६.  बाथटपमा वा बाथरुममा एकसाथ नुहाउने ।

७.  आपसमा संवेदनशील अंगहरु चलाउने, खेलाउने, चुम्बन गर्ने ।

केही तथ्य

–  यौन शक्ति बढाउनका लागि विर्यको शुद्धता, शुक्राणुको वृद्धि हुनुपर्छ ।

– मानसिक तनाव, प्रदूषित वातावरण, कामको बोझ आदिले यौन जीवन फिका बन्दै गएको छ ।

– महिला र पुरुष मिलेर सम्भोग गर्छन् । तर, उनीहरुले यौनबाट लिने आनन्द र अनुभूति फरक हुन्छ ।

– यौन  शारीरिक क्रिया हो तर, यसमा मानसिक उपस्थिति बढी चाहिन्छ ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech