३०७ नमुना परीक्षण गर्दा बाँकेमा ६० जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आज थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ३०७ नमुना परीक्षण गर्दा ६० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीको प्रयोगशालामा २४१ नमुना परीक्षण गर्दा ५१ जना, कोहलपुर मेडिकल कलेज कोहलपुुर ४८ नमुना परीक्षण ६ जना र बागेश्वरीको प्रयोगशालामा १८ नमुना परीक्षण गर्दा ३ जना गरी ६० जना संक्रमित थपिएका हुन् ।

तीमध्ये बाँकेका २६ जना रहेका छन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ७ सय ७८ पुगेको छ । यसअघि १६९ नमुना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको थियो ।

आज थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै जिललामा डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३६ पुगेको छ । जिल्लामा २७ जना मध्यम बिरामी छन् । १७ जना सिकिस्त बिरामी रहेका छन् ।

४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech