बाँकेमा आज थप ३५ जनामा संक्रमण पुष्टि, ७ जना १८ वर्ष मुनिका

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आज थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये ७ जना १८ वर्ष मुनिका छन् । जिल्लाका तीनवटा प्रयोगशालामा १६९ नमुना परीक्षण गर्दा ३५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

तीमध्ये बाँकेका ६ जना रहेका छन् । कोहलपुरका ४, बैजनाथ र खजुरा गाउँपालिकाका १÷१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ७ सय ५८ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये बर्दियाका २४ जना छन् भने अरु ५ जना बाहिरी जिल्लाका हुन् । तथ्याङ्गत प्रतिशत हेर्दा यो २० दशमलव ७ प्रतिशत पोजेटिभ केश हो । बाँकेमा सक्रिय संक्रमितको संख्या १६८ पुगेको छ ।

आज थप २ जना डिस्चार्ज भएका छन् । योसँगै जिललामा डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३२ पुगेको छ । जिल्लामा २६ जना मध्यम बिरामी छन् । १७ जना सिकिस्त बिरामी रहेका छन् । ३२ जनाको आइसीयू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech