कोभिडविरुद्धको खोपले दुई सातापछि मात्र काम गर्छः मन्त्रालय

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७८, शुक्रबार

काठमाडौंः कोभिडविरुद्धको खोपले दुई सातापछि मात्र काम गर्ने स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै खोप लगाएको दुई हप्‍तापछि मात्र खोपले सुरक्षा प्रदान गर्ने जनाएको हो ।

खोपको पहिलो मात्रा लगाएको केही समयमा कोभिड भएमा पुनः पहिलो मात्रा नलगाउन पनि मन्त्रालयले सुझाव दिएको छ ।

त्यस्तै मन्त्रालयले संक्रमणमुक्त भएको ३० दिनपछि मात्र कोभिडविरुद्धको दोस्रो मात्रा लगाउनलाई अनुरोध गरेको छ ।

मन्त्रालयकाअनुसार कोभिड संक्रमितले खोप लगाउन हुँदैन । खोप केन्द्रमा गएर खोप लगाएमा अरूलाई कोभिड सर्न सक्ने सम्भावना रहन्छ ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech