बालबालिकाका लागि ४० लाख खोप किन्ने सम्झौता

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः बालबालिकालाई लगाउने मिल्ने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको छ ।

कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तिय सहयोगमा खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी संचाल ‘गाभी’सँग सम्झौता भएको छ ।

१२ देखि १७ वर्ष उमेर समहका बालबालिका र किशोरकिशोरीलाई दिन मिल्ने यो खोप सन् २०२२ को मार्च महिनासम्म नेपालमा आइपुग्ने छ ।

नेपाल सरकारको महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १० करोड ४० लाख डलर  उपलब्ध गराईसकेको छ, जसअन्तर्गत कोभिड-१९ विरूद्धका खोपहरूको खरिद र विस्तारका लागि ६ करोड ७५ लाख डलर  विनियोजन गरिएको छ ।

अघिल्लो महिनामा विश्व बैंकका तर्फबाट १००० थान अक्सिजन कन्सन्ट्रेटरहरू र सातवटा अक्सिजन जेनेरेटर प्लान्टहरू ल्याईएको थियो जुन सातै वटा प्रदेशहरूमा स्थापना गरिदैंछ ।

यी कार्यहरूले भविष्यमा आउन सक्ने महामारीका अन्य लहरहरूसँग जुध्नका लागि सरकारको स्वास्थ्य प्रणाली तयारीलाई सुदृढ बनाउन सहयोग गर्नेछ ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech