एचआइभी संक्रमितको सहज उपचारको पहुँच बढाऔं

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः एचआइभी संक्रमितहरुलाई सहज तरिकाबाट उपचारको पहुँचमा ल्याउन सम्बद्ध सरोकारवालाहरुले जोड दिएका छन् ।

एचआइभी संक्रमितहरु र अन्य लक्षित वर्गहरुको लागि भेदभाव र लान्छना रहित समुदाय निर्माणका बिषयमा आज नेपालगन्जमा आयोजित अन्तरक्रियामा सहभागीहरुले अझैपनि संक्रमितहरुले सहज उपचार नपाएको भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्ने बेला आएको बताएका थिए ।

जुनकिरी महिला समूह बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै भेरी अस्पतालका एचआइभी फोकल पर्सन डा. संकेत रिसालले एचआइभी संक्रमितहरुलाई अव उच्च मनोपरामर्श र पौष्टिक खानाको व्यवस्थापनमा भूमिका खेल्न संघसंस्थाहरुसँग आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले एचआइभी संक्रमितहरुलाई गरिने विभेद क्रमस न्यूनिकरण हुँदै गएकाले उनीहरुप्रति सम्मानको व्यवहार गर्न आग्रह गर्नुभयो ।

जुनकिरीले भेदभाव र लान्छनारहित समुदाय निर्माणका लागि वकालत गर्दै आएको कार्यक्रम संयोजक रबिन्द्रसिंह राठोरले बताउनुभयो । समूहको पहलमा नेपालगन्ज उपमहानगरपालिकाले संक्रमित ३५ जना बालबालिकालाई मासिक करिव ८ सय रुपैंया प्रदान गर्दै आएको पनि उहाँले बताउनुभयो ।

उक्त नगद रकम बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा खर्च गर्ने गरि मापदण्ड तयार समेत पारिएको छ ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech