स्वास्थ्य राज्यमन्त्रीलाई गगन थापाको प्रश्न ? तेस्रो लहर भनिँदै छ, दोस्रो लहर कहिले सकियो ?

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

नेपालगन्जः नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दोस्रो लहर कहिले सकियो र तेस्रो लहर भनेर स्वास्थ्य मन्त्रालयले प्रचार गरेको भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राखेको धारणामाथि प्रश्न सोध्न क्रममा थापाले स्वास्थ्यमन्त्रालयले कुन अध्ययनको आधारमा यस्तो भन्दैछ भनेर सोध्नुभएको हो ।

‘खोपको लागि सरकारले गरेको काम प्रशंसनीय छ । व्यवस्थापन किन यति कमजोर ? तेस्रो लहर भनिँदैछ । दोस्रो लहर कहिले सकियो ? स्वास्थ्य मन्त्रालय कुन अध्ययनको आधारमा भन्दै छ ? प्रमाणीक अध्ययन के हो ? उहाँले प्रश्न गर्दै भन्नुभयो–‘तेस्रो लहरमा बालबालिकालाई खतरा भनेर स्वास्थ्य मन्त्रालय भन्छ । विद्यार्थीहरु बिना खोप हलमा बसेर परीक्षा दिन बाध्य छन् । पोजेटिभ भएरै हलमा बसेर परीक्षा दिनुपर्ने अवस्था छ ।’

उहाँले साँझ ८ बजेपछि काठमाडौँ उपत्यकामा सवारी साधन चल्न दिने भनेर गरिएको निर्णयमा पनि प्रश्न गर्नुभयो । ‘साँझ ८ बजेपछि काठमार्डाँ लगायतको ठाउँमा संक्रमण बढ्दै जाने बिहान घट्दै जाने यसको अध्ययन कहाँ भएको हो ?’ उहाँले प्रश्न गर्नुभएको छ ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech