विपी प्रतिष्ठानमा अख्तियारको छापा, खरीदसम्बद्ध कागजात नियन्त्रणमा

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

चितवनः लामो समयदेखि आर्थिक अनियमितताको आरोप खेपिरहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

अख्तियारको काठमाडौं र इटहरीस्थित कार्यालयको संयुक्त टोलीले प्रतिष्ठानमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। खरीद सम्बन्धि कागजातहरु नियन्त्रणमा लिएको अख्तियारको भनाइ छ ।

प्रतिष्ठानमा पदाधिकारीहरुकै मिलेमतोमा आर्थिक अनियमितता भइरहेको आरोप लगाउँदै चिकित्सक तथा विद्यार्थीहरुले छानबिनको माग गर्दै आएका छन् । यही विषयमा लामो समयदेखि आन्दोलन पनि जारी छ। प्रतिष्ठानमा भएका अनियमितताबारे अख्तियारमा उजुरीका चाङ नै छ।

 

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech