काठमाडौंमा विद्यार्थीलाई खोप लगाउन सुरु

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

APTOPIX Virus Outbreak Vaccine

काठमाडौंः काठमाडौं जिल्लामा विश्व विद्यालयको परीक्षामा सामेल हुने विद्यार्थीलाई बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार काठमाडौंमा साउन ३० गतेसम्म प्रवेशपत्रका आधारमा विद्यार्थीहरुलाई खोप दिन सुरु गरिएको हो ।

विद्यार्थी र कोभिशिल्ड लगाएकाहरुलाई खोप लगाउन प्रहरी अस्पताल पानीपोखरी, विरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधाश्वामी केन्द्र बसुन्धरामा खोप केन्द्र तोकिएको छ ।

स्वास्थ्य मन्त्रालयले त्रिविलगायत विश्वविद्यालय स्तरका विभिन्न तहका परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप उपलब्ध गराउन सातै प्रदेशका जनस्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । विश्व विद्यालयका परीक्षामा करिब ६० हजार विद्यार्थी सहभागी हुने अनुमान छ ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech