४३ वर्षपछि औषधी ऐन संशोधनको तयारी

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

नेपालगन्जः करिव ४३  वर्षपछि औषधी ऐन संशोधनको तयारी थालिएको छ । अहिले वि.सं २०३५ मा जारी भएको औषधी ऐन कार्यान्वयनमा छ । सरकारले अहिलेसम्म तीन पटक औषधी ऐन संशोधन गरिसकेको छ ।

पछिल्लो समय औषधीको आपतकालीन व्यवस्था सम्बन्धि विषय औषधी ऐन, २०३५ अध्यादेशमार्फत् संशोधन गरिएको थियो । तर, औषधी ऐनलाई समयानुकूल बनाउन औषधी ऐन, २०३५ संशोधनतयारी थालिएको हो ।

औषधि व्यवस्था विभागले आफूहरुको मुख्य योजना भनेको औषधी ऐनको संशोधन रहेको बताएको छ । औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले हेल्थ टेक्नोलोजी प्रोडक्ट, कस्मेटिकहरुको नियमन गर्ने गरी औषधी ऐनको दायरा बढाउने तयारी थालिएको बताउनुभयो ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech