नेपालगन्जः करिव ४३ वर्षपछि औषधी ऐन संशोधनको तयारी थालिएको छ । अहिले वि.सं २०३५ मा जारी भएको औषधी ऐन कार्यान्वयनमा छ । सरकारले अहिलेसम्म तीन पटक औषधी ऐन संशोधन गरिसकेको छ ।
पछिल्लो समय औषधीको आपतकालीन व्यवस्था सम्बन्धि विषय औषधी ऐन, २०३५ अध्यादेशमार्फत् संशोधन गरिएको थियो । तर, औषधी ऐनलाई समयानुकूल बनाउन औषधी ऐन, २०३५ संशोधनतयारी थालिएको हो ।
औषधि व्यवस्था विभागले आफूहरुको मुख्य योजना भनेको औषधी ऐनको संशोधन रहेको बताएको छ । औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले हेल्थ टेक्नोलोजी प्रोडक्ट, कस्मेटिकहरुको नियमन गर्ने गरी औषधी ऐनको दायरा बढाउने तयारी थालिएको बताउनुभयो ।