अनुमति पाएको तीन महिना पुग्दा पनि निजी क्षेत्रले खोप ल्याएनन्

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

नेपालगन्जः सरकारले कोरोना खोप ल्याउन निजी क्षेत्रलाई अनुमति दिएपनि तत्कालै आउने सम्भावना भने देखिएको छैन् । गत चैतको पहिलो सातामा निजी क्षेत्रले खोप ल्याउनका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको थियो।

तर, तीन महिना बित्तिसक्दा पनि निजी क्षेत्रले कोरोना खोप ल्याउन सकेका छैनन्।नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ तत्कालै आफूहरूले खोप खरिद गरेर भित्र्याउन अवस्था नरहेको बताउनुभयो ।

सरकारले नै खरिद प्रक्रिया गर्दा पनि खोप ल्याउन नसकिरहेको अवस्थामा निजी क्षेत्रले खोप ल्याउन थप मुस्किल पर्ने उहाँको भनाइ छ । तर उहाँल्े परराष्ट्र मार्फत सरकारले सहजिकरण गरे खण्डमा निजी क्षेत्रलाई खोप ल्याउन सजिलो हुने बताउनुभयो ।

सरकारले खोप खरिद सम्बन्धि निजी क्षेत्रलाई मापदण्ड तोकेको थियो। जसमा खोपको प्राप्ति र प्रयोग सम्बन्धी अवधारणापत्र अनुसार खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी बिक्री गर्न पाउने जनाएको छ।

औषधि व्यवस्था विभागले तीन वटा आयतकर्ता लार्ई खोपका खरिदका लागि अनुमति दिइसकेको छ। जसअनुसार हुकम डिस्ट्रिब्युटर्सले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप अनुमति लिइसकेको छ।

त्यसैगरी, भारतकै बायोएनटेकले उत्पादन गरेको ‘कोभ्याक्सिन’ खोप ल्याउन इमराल्ड फर्माले अनुमति पाएको छ भने रसियन खोप ‘स्पुतनिक भी’ खोपको आयातका लागि लोमस फर्माले अनुमति पाइसकेको छ।

भारतमा बढ्दो कोरोना संक्रमणका कारण त्यहाँ उत्पादन हुने खोपहरु निर्यातमा रोक लगाइएको छ। सरकार संक्रिय रूपमा नलागेको खण्डमा खोप खरिदको गर्न नसकिने निजी क्षेत्रको भनाइ छ ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech