फागुनसम्म कोरोना विरुद्धको ५ करोड २२ लाख डोज खोप ल्याउने सरकारको तयारी

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन सम्म कोरोना विरुद्धको ५ करोड २२ लाख डोज खोप ल्याउने प्रक्रियामा रहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार सरकार फागुन मसान्त सम्म ५ करोडभन्दा बढी खोप ल्याउने तयारीमा जुटेको छ । उहाँका अनुसार हालसम्म नेपालमा अनुदान तथा खरिद गरेर १ करोड ८ लाख ६० हजार १७० डोज प्राप्त गरेको छ।

असोज मसान्तसम्म करिब एक तिहाई जनसंख्यालाई खोप दिइसक्ने मन्त्रालयले जनाएको छ। असोज मसान्तसम्म १ करोड २ लाख खोप ल्याउने तयारी भएको उहाँले बताउनुभयो।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४५ लाख ४१ हजार ६८२ पहिलो मात्रा खोप प्राप्त गरेका छन्। २७ लाख २१ हजार ७ ८२ पुर्ण खोप लगाइसकेका छन्।

मन्त्रालयले अहिलेसम्म कुल जनसंख्याको ९ दशमलब ५१ प्रतिशतले पूर्णखोप पाएको र १३ दशमलब २८ प्रतिशतले पहिलो मात्रा पाएको जनाएको छ।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ लाई कोभिड खोप लगाउने लक्ष्य लिएको छ। जसमध्ये हालसम्म २१ दशमलब १ प्रतिशतले पहिलो मात्रा र १३ दशमलब २८ प्रतिशतले दोस्रो मात्रा खोप पाएका छन्।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech