राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर परीक्षण बन्द

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

oppo_0

राजविराजः राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण विगत ११ दिनदेखि बन्द रहेको छ।

सम्भावित कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला पीसीआर परीक्षण रोकिँदा सर्वसाधारण समस्यामा परेका छन्।

परीक्षणका लागि पीसीआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले बताउनुभयो ।

पीसीआर मेसिनमा प्राविधिक गडबडी भएका कारण कोरोना भाइरसको स्वाब परीक्षण सञ्चालन हुन नसकेको मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीतकुमार झाले जानकारी दिनुभयो ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech