मनाङमा स्वास्थ्यसेवा प्रवाहमा समस्या

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

मनाङः बाढीपहिराका कारण मनाङमा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ । गत असार १ गते आएको बाढीपहिराले विद्युत् आपूर्ति अवरुद्ध गराएकाले सर्वसाधारणलाई सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएको हो ।

बिद्युतको अभाव र सौर्य ऊर्जा पनि जडान नहुँदा स्वास्थ्य तथा अन्य सेवाबाट मनाङवासी वञ्चित हुँदै आएको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताउनुभयो ।

‘विद्युत् आपूर्ति नहुँदा जेनेरेटरको सहयोग लिइरहेका छौँ, उहाँले भन्नुभयो–‘जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुश्किल छ, हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन, विद्युत् नहुँदा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ ।’

जेनेरेटरका लागि थप तेल ल्याउन गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको निरीक्षक अन्सारीले बताउनुभयो ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech