काठमाडौंमा निषेधाज्ञामा कडाई, आजदेखि राति ८ बजेपछि सवारी साधन चलाउने नपाइने

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

काठमाडौंः आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडाई गरिएको छ । आजरातिको समयमा सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

नोवेल कोरोना भाइरसको जोखिम बढेपछि निषेधाज्ञालाई केही कडा बनाएर राति ८ बजेपछि सार्वजनिक तथा निजी तथा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । यो नियम भदौ ८ गतेसम्म लागू हुनेछ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार रातको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन । निर्माण सामग्री ढुवानीका लागि भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न भनिएको छ ।

पसलहरु पनि साँझ ७ बजे बन्द गरिसक्नुपर्ने छ भने सञ्चालनको समयमा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । पछिल्लो समय पुनस् काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेको छ ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech