त्रिविका अन्तर्गतका विद्यार्थीले पाउने भए कोरोना विरुद्धको खोप

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७८, बुधबार

नेपालगन्जः सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको सचिवस्तरीय निर्णयले यस्तो निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै परीक्षा दिने करिव ६० हजार विद्यार्थीले खोप पाउने भएका छन् ।

सरकारले कोरोना महामारीको जोखिम बढेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गरेको थियो। त्यसपछि त्रिवि अन्तर्गत भौतिक रुपमै उपस्थित भई सञ्चालन भइरहेका परीक्षा पनि स्थगित गर्नुपर्ने माग भइरहेको छ।

 

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech