बाँकेमा आज थपिए ३६ संक्रमित

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २०९ वटा नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ८७ नमुना परीक्षण गर्दा १६, मेडिकल कलेज कोहलपुरमा ६९ नमुना परीक्षण गर्दा १४ र बागेश्वरी प्रयोगशालामा ५३ नमुना परीक्षण गर्दा ६ जनामा भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका १७ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ७ सय ४९ पुगेको छ । यस्तै आज १४ जना डिस्चार्ज भएका छन् ।

योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय १५ पुगेको छ ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech