विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड नगर्न पूर्वस्वास्थ्यमन्त्री थापाको प्रधानमन्त्रीलाई आग्रह

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७८, बुधबार

काठमाडौंः पूर्वस्वास्थ्य मन्त्री गगन थापाले विद्यार्थी भविष्य र स्वास्थ्य माथि खेलवाड नगर्न प्रधानमन्त्री शेर बहादुर देउवासँग अनुरोध गर्नुभएको छ ।

भौतिक उपस्थितिमै त्रिविलगायतका परीक्षा सञ्चालन भइरहेकोले विद्यार्थीको स्वास्थ्य जोखिममा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको हो ।

‘एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर कोरोना संक्रमणको जोखिम बढाइरहने कि ? स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऔं तर, विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगरौं,’ थापाले भन्नुभएको छ ।

यसबारे आफूले प्रधानमन्त्रीसँग भेटेर कुरा गरेको थापाले आज बिहान ट्वीट गर्दै उल्लेख गर्नुभएको छ । ‘यस बारेमा हिजो साँझ प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएको छु। उहाँले यो विषयलाई गम्भिरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनु भएको छ,’ थापाले भन्नुभएको छ ।

सरकारले कक्षा १२ को परीक्षा रोके पनि त्रिविलगायतका परीक्षा भने सञ्चालन भइरहेका छन्। त्रिविले भदौ ५ सम्मका परीक्षाहरू सञ्चालन गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech