बज्यो खतराको घण्टी, एकै दिन झण्डै ५ हजार जनामा कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७८, मंगलवार

नेपालगन्जः कोरोना भाइरसले फेरि खतराको घण्टी बजाएको छ ।

केहीदिन देखि बढोत्तरी रहेको संक्रमण दर आज एकैदिन पाँच हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यो दुई महिना यताकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech