बर्दियामा दुई वर्षीया बालिकासहित आज ३५ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७८, मंगलवार

नेपालगन्जः बर्दियामा आज कोरोना भाइरसका ३५ जना संक्रमित थपिएका छन् ।

२ वर्षीया बालिकासहित ७९ वर्षीय जेष्ठ नागरिकसम्म संक्रमित भएका छन् । ठाकुरबाबा नगरपालिका–५ की २ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी ठाकुरबाबा नगरपालिकाका संक्रमित छन् ।

आज थप भएका मध्ये ३४ जना ठाकुरबाबा नगरपालिकाका हुन् भने एकजना बढैयाताल गाउँपालिकाका भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । योसँगै बर्दियामा आजसम्म संक्रमितको संख्या ८ हजार ६० पुगेको छ ।

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech