बाँकेमा आज थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा १७३ नमुना परीक्षण गर्दा थप ४४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा १३१ नमुना परीक्षण गर्दा ३७ र मेडिकल कलेज कोहलपुरमा ४२ नमुना परीक्षण गर्दा ७ जनागरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । त्यसमा सबैभन्दा धेरै बर्दियाका छन ।

बर्दियाका ३५ जना, बाँकेका ७ जना र कैलालीका २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । बाँकेमा अव कोरोना संक्रमितको संख्या १७ हजार ७ सय ७३ पुगेको छ । आज ८ जना डिस्चार्ज भएका छन् ।

योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय १ पुगेको छ । जिल्लामा १६ जना सिकिस्त बिरामी छन् । १८ जना मध्यम बिरामी हुँदा ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि वलीले बताउनुभयो ।

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech