नर्सिङ विद्यार्थीहरुलाई खोप लगाउन नर्सिङ संघद्वारा क्याम्पसहरुलाई ध्यानाकर्षण पत्र

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०७८, सोमबार

नेपालगन्जः नेपाल नर्सिङ संघले आफ्ना विद्यार्थीहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन सबै नर्सिङ क्याम्पसहरुको ध्यानाकर्षण गराएको छ।

संघले सोमबार एक ध्यानाकर्षण पत्र जारी गरी कोभिडको जोखिमबाट सुरक्षित गराउन सबै विद्यार्थीहरुलाई खोप लगाउन विश्वविद्यालय तथा नर्सिङ क्याम्पसहरुको ध्यानाकर्षण गराएको हो।

कलेजहरुमा अध्ययनरत विद्यार्थीहरु स्वास्थ्य संस्था तथा अस्पतालहरुमा प्रयोगात्मक अभ्यासका लागि पठाइने र बिरामीको प्रत्यक्ष सम्पर्कमा रहने हुँदा खोप लगाउन आवश्यक रहेको संघले जनाएको छ।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech