कोरोनाबाट नेपालगन्जका ३१ वर्षीय युवाको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट नेपालगन्जका एक युवाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका- १८ कारकाँदोका ३१ वर्षीय युवाको भाइरस संक्रमणबाट मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि यही २१ गते नेपालगन्ज मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसको भोलिपल्ट उनी भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार नहुँदा उनको उपचारका क्रममा आईतबार साँझ मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै कोरोना भाइरस संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ३ सय २३ पुगेको छ ।

पछिल्लो सातादेखि बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । भेरी अस्पतालको कोभिड वार्डमा समेत बिरामीको चाप बढ्दै गएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार, १०-१२ जना मात्रै उपचाररत कोभिड वार्डमा पछिल्लो सातादेखि बढेर यो संख्या तेब्बर पुगेको छ ।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech