रेडक्रसले दियो उपमहानगरलाई ४६ लाख बढीको स्वास्थ्य सामाग्री

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७८, आईतवार

नेपालगन्जः नेपाल रेडक्र सोसाइटी बाँके शाखाले तेस्रो लहरको पूर्वतयारीका लागि नेपालगन्ज उपमहानगरपालिकालाई ठूलो परिमाणमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

जर्मन दूताबासको साझेदारीमा प्राप्त भएको स्वास्थ्य सामाग्री रेडक्रसले नेपालगन्ज उपमहानगरपालिकाको आइसोलेसन केन्द्र व्यवस्थापन तथा कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीका लागि ४६ लाख ८ हजार ७ सय ५० रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

ह्याण्ड वासिङ मेसिन, स्यानिटाइजर, सर्जिकल मास्क, ग्लब्स, अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, ज्वरो नाप्नका लागि प्रयोग गरिने थर्ममटिरलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको रेडक्रसका लेखा अधिकृत झबिलाल शर्माले जानकारी दिनुभयो ।

उक्त सामाग्री आज एक कार्यक्रमकाबीच शाखा सभापति गोवर्धनसिंह सम्झनाले नेपालगन्जका मेयर धवलशम्शेर राणालाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्राप्त सहयोग सामाग्रीको उचित प्रयोग गर्न सुझाव दिनुभयो ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech