कोरोनासँगको युद्ध जित्नु छ यहाँ

    • महेश्वर प्रसाद पौडेल

  • २४ श्रावण २०७८, आईतवार

कोरोनासँगको युद्ध जित्नु छ यहाँ

आकाशमा हेरेर सबैले कामना गरौं ।
धर्तिमा टेकेर सबैले सामना गरौं ।

फिजिकल गरौं कोरोना सँग लड्ने क्षमता बढाऔंं।
होमक्वारेन्टाइनमै बसि भगवानको प्रार्थना गरौं ।

साबुन पानीले मिचिमिचि हात धुने बानि बसालौं।
जो जहाँ छौ त्यहीँ नै बसि आराधना गरौं ।

मास्क,पञ्जा र सेनिटाइजरको उच्चतम प्रयोग गरौं।
पूर्णसरसफाइ रहौं र घरमै बसि साधना गरौं।

सामाजिक दुरि कायम राख्दै आफ्नो काम कारबाही गरौं।
कोरोनाबाट बच्ने उपाय फैलाउनेको सरहना गरौं।

ख्याल ठट्टा नगरौ संक्रमितहरु बढेको बढ्यै छन यहाँ ।
बाँचियो भने भोलिको त्यो सुनौलो संसारको कल्पना गरौं।

हामी सबै मिलि कोरोनासँगको युद्ध जित्नु छ यहाँ ।
आफू बचौं र अरुलाई पनि बचाउने भावना गरौं ।

महेश्वर प्रसाद पौडेल
महाराजगन्ज काठमाडौं ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech