बाँकेमा सक्रिय संक्रमित १३१ पुगे, आज १० संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७८, आईतवार

नेपालगन्जः बाँकेमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ८३ नमुना परीक्षण गर्दा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा २, मेडिकल कलेज कोहलपुरमा ५ र बागेश्वरीमा ३ गरी १० जना संक्रमित थपिएका छन् । तीमध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ७ सय १९ पुगेको छ ।

यस्तै आज थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ८६ पुगेको छ । अहिलेसम्म बाँकेमा कोरोना भाइरस संक्रमणबाट ३ सय २२ जनाको मृत्यु भएको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३१ पुगेको छ । जिल्लामा १२ जना सिकिस्त छन् । १८ जना मध्यम बिरामी हुँदा ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech