बेल्झुण्डीमा थप एक संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७८, आईतवार

दाङः कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पछि अस्पतालमा भर्ना भएकी घोराही उपमहानगरपालिका वडा नम्वर १७ बस्ने ७९ बर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पछि उनी साउन १५ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालको आईसियू कक्षमा उपचाररत उनलाई निमोनियासंगै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

अस्पतालमा अझै ६ जना आईसियू उपचाररत रहेको व्यवस्थापक वलीले बताउनुभयो ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech