नेपालगन्जः चिकित्सा शिक्षा आयोगले बीएस्सी नर्सिङ, बीएनएस र बी फार्माको इन्टान्सको नतिजा प्रकाशित गरेको छ।
आयोगले नर्सिङ, बीएस्सी, बीएनएस र बी फार्मा नतिजा सार्वजनिक गरेको हो।
बीएस्सी नर्सिङको प्रवेश परीक्षामा ५०४ जना उत्तीर्ण भएका छन्। यस्तै, बी फार्ममा ५४७ र बीएनएसमा १३८० जना विद्यार्थीले प्रवेश परीक्षा पास गरेका छन्।
आयोगले साउन ११ र १२ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।