जापानबाट आज ३ लाख ३१ हजार एस्ट्राजेनेका खोप आउँदै

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७८, आईतवार

काठमाडौंः आज जापानबाट ३ लाख ३१ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै छ। कतार एयरको विमानबाट खोप दिउँसो व्यवस्थापन महाशाखाका कोल्डचेन तथा भ्याक्सिन वितरण शाखा प्रमुख बडेबाबु थापाले जानकारी दिनुभयो ।

जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये हिजो ५ लाख १३ हजार ४२० लाख डोज खोप नेपाल आइसकेको छ।बाँकी खोप आगामी साता आउने बताइएको छ। भुटानबाट पनि शुक्रबार २ लाख ३० हजार डोज एस्ट्राजेनेकाको खोप नेपाल आइसकेको छ।

यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा लगाइने छ। सरकारले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको छ।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकेको छ।

 

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech