एमबीबीएस इन्ट्रान्स टपर आशिक, जो कक्षा १ देखि नै सरकारी स्कुल पढे

    • स्वास्थ्य पेज

  • २३ श्रावण २०७८, शनिबार

नेपालगन्ज: विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वरले एमबिबिएसएकीकृत प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

विश्व निकेतन माविमा कक्षा ११ र १२ मा विज्ञान विषय लिएर उत्तीर्ण भएका विद्यार्थी आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबिबिएसपरीक्षामा सर्वोकृष्ट अङ्क हाँसिल गरेको भन्दै आज सम्मान गरेको हो ।

विस २०७७ सालमा विश्व निकेतन माविमा विज्ञानको वायोगुप्र लिएर  झा उतिर्ण हुनु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल सरकारी विद्यालयमा पढेर एमबिबिएसपरीक्षामा सर्वोकृष्ट अङ्क ल्याउनु विद्यालयका लागि खुशीको कुरा भएको बताउनु भयो ।
काठमाडौँ महानगरपालिका–११ मा सञ्चालित विश्व निकेतन माविमा हाल तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

सर्वोकृष्ट विद्यार्थी झाले २०० पूर्णाङ्कको परीक्षामा १८६ अङ्क प्राप्त गर्नु भएको छ। उहाँले नशा रोगमा विशेषज्ञता हासिल गर्ने भताउनु भयो। उहाँके सुरुमा न्युरोलोजीमा विशेषज्ञता हासिल गर्ने बताउँदै त्यसपछि अरुमा पनि विशेषज्ञता हासिल गर्ने योजनामा आफु रहेको बताउनु भयो ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech