नेपालगन्जका चोकचोकमा अव प्रत्येक शनिवार निःशूल्क स्वास्थ्य जाँच

    • स्वास्थ्य पेज

  • २३ श्रावण २०७८, शनिबार

नेपालगन्जः आजदेखि नेपालगन्जमा चोकचोकमा निःशूल्क स्वास्थ्य जाँच अभियान सुरु भएको छ । स्वास्थ्य सचेतना फैलाउने उद्देश्यसँगै प्रत्येक शनिवार चोकचोकमा निःशूल्क स्वास्थ्य जाँच अभियान सुरु गरिएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टकी अध्यक्ष सुमन गिरीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

कोरोना भाइरस महामारीका कारण मानिसहरु अस्पताल जानेक्रम पातलिएको छ । सानातिना उपचारका लागि सकेसम्म उनीहरु अस्पताल जान छाडिसकेका छन् ।

खासगरी यो अभियानमा स्वास्थ्य जनचेतना फैलाउनेदेखि सुगर चेकजाँच, प्रेसरलगायतका जाँच गर्ने गरिएको छ । अस्पताल नगएपनि चोकमै उनीहरुको सामान्य खालको स्वास्थ्य जाँच गर्ने गरिएको हो । यो अभियानबाट उक्त समूह लाभान्वित हुने अपेक्षा आयोजकको छ ।

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर र मानवता नेपाल बाँकेसहितका चारवटा संघसंस्थाहरुले संयुक्तरूपमा निःशूल्क स्वास्थ्य चेकजाँच तथा चेतनामुलक अभियान सुरु गरेका हुन् ।

अव प्रत्येक शनिवार स्वास्थ्य जाँच तथा जनचेतनामुलक कार्यक्रम गरिने पनि उहाँको भनाइ छ । यो अभियानमा कोरोना महामारीबाट जोगिन स्वास्थ्य मापदण्ड पालनामा समेत सुझाउने गरिएको अध्यक्ष गिरीले बताउनुभयो । आज बाइपास रोडमा आयोजना गरिएको अभियानमा ७० जनाले सेवा लिएका छन् ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech